दिपेन्द्र लुईटेल भोजपुर । बालबालिकाको सुरक्षित भविष्य निर्माण गर्दै उनीहरूलाई श्रमबाट मुक्त गराई शिक्षा, संरक्षण र अधिकारको सुनिश्चितता गर्नेउद्देश्यले भोजपुरमा बालश्रममुक्त नगर घोषणाको अभियान अघि बढाइएको छ। अभियानलाई प्रभावकारी बनाउन स्थानीयसरकारसँगै निजी क्षेत्र, व्यवसायी तथा विभिन्न सरोकारवालाहरूको भूमिका महत्वपूर्ण हुने भएकाले यस विषयमाअभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो।
‘बालश्रममुक्त नगर घोषणाका लागि निजी क्षेत्रको प्रतिबद्धता’ विषयक अभिमुखीकरण कार्यक्रम भोजपुर नगरपालिकामासम्पन्न भएको छ। कार्यक्रममा बालश्रमको अवस्था, यसको न्यूनीकरण तथा अन्त्यका लागि निजी क्षेत्रले निर्वाह गर्नुपर्नेभूमिका र जिम्मेवारीका विषयमा छलफल तथा जानकारी गराइएको थियो।

बालबालिकालाई होटल, पसल, यातायात, उद्योग तथा अन्य क्षेत्रमा श्रममा लगाउने अवस्थाको अन्त्य गर्न व्यवसायी तथारोजगारदाताहरू जिम्मेवार बन्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो। बालबालिकालाई श्रममा लगाउनुको सट्टा उनीहरूकोशिक्षा, स्वास्थ्य, संरक्षण तथा समग्र विकासमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका थिए।

भोजपुर नगरपालिकालाई बालश्रममुक्त नगरका रूपमा घोषणा गर्ने अभियानलाई सफल बनाउन सरकारी निकाय मात्र नभईनिजी क्षेत्र, नागरिक समाज, व्यवसायी, अभिभावक तथा समुदायको समेत सहकार्य आवश्यक रहेको बताइएको छ।
कार्यक्रममा बालश्रम अन्त्यका लागि निजी क्षेत्रबाट आवश्यक प्रतिबद्धता जनाउने तथा बालबालिकालाई श्रममा नलगाउनेवातावरण निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो। बालश्रममुक्त नगर निर्माण दीर्घकालीन अभियान भएकालेघोषणा मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन र निरन्तर अनुगमनमा समेत ध्यान दिनुपर्नेमा जोड दिइएको छ।

कार्यक्रम भोजपुर नगरपालिका, श्रमसम्बन्धी सरोकारवाला निकाय तथा अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) लगायतकोसहकार्यमा आयोजना गरिएको जनाइएको छ।


तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।