Saturday, November 14, 2026

दिपेन्द्र लुईटेल
भोजपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भोजपुरमा वडा अधिवेशनको तयारी पूरा भएको छ। जिल्लाका ८१ वटै वडामा आगामी असोज ३ र ४ गते वडा अधिवेशन हुने भएको हो।


नेपाली कांग्रेस भोजपुर जिल्लाका सभापति बिनोद बान्तवाका अनुसार जिल्लाभरका वडा अधिवेशनमा करिब ५ हजार ९ सय क्रियाशील सदस्य सहभागी हुनेछन् । केन्द्रीय कार्यतालिकाअनुसार महाधिवेशनअन्तर्गतका कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए।
वडा अधिवेशनको तयारीबारे नेपाली कांग्रेस भोजपुरले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। पार्टीका अनुसार सम्बन्धित वडाको अनुकूलताअनुसार असोज ३ वा ४ गते अधिवेशन सम्पन्न गरिनेछ।
नेपाली कांग्रेस भोजपुरका सभापति विनोद बान्तावाले वडा अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्यलाई उत्साहपूर्वक सहभागी हुन आग्रह गरेका छन्।

उनले अधिवेशनमा भूगोल, जातीय समुदाय तथा फरक क्षमता भएका व्यक्तिको समावेशी र समानुपातिक सहभागितालाई प्राथमिकता दिइने बताए।
कांग्रेस भोजपुरका अनुसार असोज ७ गते पालिका अधिवेशन र असोज १० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय भएको छ।
यसरी, वडा अधिवेशनसँगै नेपाली कांग्रेस भोजपुरमा १५औँ महाधिवेशनका लागि संगठनात्मक गतिविधि तीव्र हुने भएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

भोजपुरमा २६९ बालबालिकालाई स्वर्णबिन्दु प्राशन औषधि खुवाइयो, वर्षभरि ११ पटक सञ्चालन हुने

दिपेन्द्र लुईटेल भोजपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले एकदेखि पाँच वर्षमुनिका २६९ जना बालबालिकालाईस्वर्णबिन्दु...

समाचार कक्षमै छिरेर पत्रकार सुवेदी पक्राउ, अर्का पत्रकार बराल पनि नियन्त्रणमा

प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। शुक्रबार...

लाइसेन्स र कानुनबिनै सप्तकोसीमा मोटरबोट सञ्चालन, सुनसरी प्रशासनद्वारा रोक

मोरङ । सप्तकोसी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै...

धारिलो हतियार प्रहारबाट ४ जना घाइते ,१ जना पक्राउ

भोजपुर : खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–३, आहालेबाट धारिलो हतियार प्रहार गरी चारजना घाइते भएका छन्...

भोजपुरमा जबरजस्ती करणीको कसुरमा फरार प्रतिवादी पक्राउ

भोजपुर । जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई भोजपुर प्रहरीले...

भोजपुरमा सेउलाले छोपिएको अबस्थामा शब फेला

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ ओमडाँडास्थित प्याउली जाने भित्री सडकको छेउमा एक पुरुष मृत अवस्थामा...
लोकप्रिय