दिपेन्द्र लुईटेल भोजपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले एकदेखि पाँच वर्षमुनिका २६९ जना बालबालिकालाईस्वर्णबिन्दु प्राशन औषधि खुवाएको छ। बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा सहयोग पुर्याउने र रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले केन्द्रले स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरेको हो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको तथ्यांकअनुसार कार्यक्रममा १२८ जना बालक र १४१ जना बालिका गरी कुल २६९ जनासहभागी भएका छन्।
वैध निरीक्षक मनोज कुमार पण्डितका अनुसार बालबालिकाको समग्र स्वास्थ्य विकासलाई लक्षित गरी स्वर्णबिन्दु प्राशनकार्यक्रम सञ्चालन गरिएको हो । यसले बालबालिकाको बौद्धिक, सामाजिक तथा मानसिक विकासमा सहयोग पुर्याउनुकासाथै रोगसँग लड्ने क्षमता बढाउने उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो।
बैध निरीक्षक पण्डितका अनुसार मह, ब्राह्मी घ्यू र सुनको भष्मबाट तयार पारिएको औषधिलाई निश्चित मात्रामा थोपाकारूपमा सेवन गराउने विधिलाई स्वर्णबिन्दु प्राशन भनिन्छ। कार्यक्रमअन्तर्गत एकदेखि दुई वर्षसम्मका बालबालिकालाई दुईथोपा र तीनदेखि पाँच वर्षमुनिका बालबालिकालाई चार थोपा औषधि सेवन गराउने व्यवस्था गरिएको छ।
भोजपुरमा कार्यक्रम बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन गरिएको थियो। चालु आर्थिक वर्षमा देशभरका विभिन्नआयुर्वेद स्वास्थ्य केन्द्रमार्फत बालबालिकाको स्वास्थ्य विकासलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन भइरहेको जनाइएकोछ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार चालु आर्थिक वर्षमा भोजपुरमा ११ पटकस्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन हुनेछ। केन्द्रले अभिभावकलाई तोकिएको मिति र समयमा आफ्ना बालबालिकालाईकेन्द्रमा ल्याई कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ।
स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन हुने समयतालिका
|
क्र.सं. |
साल |
महिना |
गते |
बार |
|
१ |
२०८३ |
असोज |
१९ |
सोमबार |
|
२ |
२०८३ |
कार्तिक |
१६ |
सोमबार |
|
३ |
२०८३ |
मंसिर |
१३ |
आइतबार |
|
४ |
२०८३ |
पुस |
११ |
शनिबार |
|
५ |
२०८३ |
माघ |
०९ |
शनिबार |
|
६ |
२०८३ |
फागुन |
०७ |
शुक्रबार |
|
७ |
२०८३ |
चैत |
०४ |
बिहीबार |
|
८ |
२०८४ |
वैशाख |
०२ |
बिहीबार |
|
९ |
२०८४ |
वैशाख |
२९ |
बुधबार |
|
१० |
२०८४ |
जेठ |
२५ |
मंगलबार |
|
११ |
२०८४ |
असार |
२२ |
मंगलबार |
सेवन गर्दा अपनाउनुपर्ने सबाधानी
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सार्वजनिक गरेको जानकारीअनुसार ज्वरो, अजीर्ण, वाकवाकी, बान्ता, पखाला तथा आकस्मिक स्वास्थ्य समस्या भएको अवस्थामा स्वर्णबिन्दु प्राशन गराउन नहुने उल्लेख गरिएको छ। औषधि सेवन गराएपछि आधा घण्टासम्म बालबालिकालाई केही खुवाउन नहुने र कुनै प्रतिकूल असर देखिएमा तत्काल चिकित्सकसँग परामर्श लिनुपर्ने सुझाव दिइएको छ। त्यसैगरी बालबालिकालाई सन्तुलित आहार खुवाउने, मोबाइल तथा टेलिभिजनको प्रयोग कम गराउने र बाहिरी खेलकुद तथा शारीरिक गतिविधिमा सक्रिय राख्न केन्द्रले अभिभावकलाई आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।