Saturday, November 14, 2026
भोजपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आदिवासी जनजाति तर्फबाट अशोक राईले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिनुभएको छ।

राई हाल भोजपुर नगरपालिका–११ का वडा वडा अध्यक्ष   समेत हुनुहुन्छ। लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आउनुभएका राईले यसपटक जनजाति तर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी प्रस्तुत गर्नुभएको हो।

उम्मेदवारीसँगै राईले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनजाति समुदायको प्रतिनिधित्वलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ। उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आफूलाई अत्यधिक मतका साथ विजयी गराउन पार्टीका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग आग्रहसमेत गर्नुभएको छ।

भोजपुरमा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गर्दै विभिन्न पदका आकांक्षी तथा उम्मेदवारहरूले आफ्नो पक्षमा समर्थन जुटाउने गतिविधि तीव्र बनाएका छन्। अशोक राईको उम्मेदवारीलाई पनि जिल्लाको पार्टी संगठनमा उहाँले सम्हाल्दै आएको जिम्मेवारी र सक्रियतासँग जोडेर हेरिएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

भोजपुरमा २६९ बालबालिकालाई स्वर्णबिन्दु प्राशन औषधि खुवाइयो, वर्षभरि ११ पटक सञ्चालन हुने

दिपेन्द्र लुईटेल भोजपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले एकदेखि पाँच वर्षमुनिका २६९ जना बालबालिकालाईस्वर्णबिन्दु...

समाचार कक्षमै छिरेर पत्रकार सुवेदी पक्राउ, अर्का पत्रकार बराल पनि नियन्त्रणमा

प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। शुक्रबार...

लाइसेन्स र कानुनबिनै सप्तकोसीमा मोटरबोट सञ्चालन, सुनसरी प्रशासनद्वारा रोक

मोरङ । सप्तकोसी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै...

धारिलो हतियार प्रहारबाट ४ जना घाइते ,१ जना पक्राउ

भोजपुर : खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–३, आहालेबाट धारिलो हतियार प्रहार गरी चारजना घाइते भएका छन्...

भोजपुरमा जबरजस्ती करणीको कसुरमा फरार प्रतिवादी पक्राउ

भोजपुर । जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई भोजपुर प्रहरीले...

भोजपुरमा सेउलाले छोपिएको अबस्थामा शब फेला

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ ओमडाँडास्थित प्याउली जाने भित्री सडकको छेउमा एक पुरुष मृत अवस्थामा...
लोकप्रिय