प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। शुक्रबार बानेश्वरस्थित नेपाल प्रेसको कार्यालयमा पुगेका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेर लगेका हुन्।
सुवेदी लामो समयदेखि सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका पत्रकार हुन् । नेपाल प्रेसको समाचार कक्षमा काम गरिरहेकै बेला सादा पोशाकका तीनजना व्यक्ति कार्यालयभित्र प्रवेश गरेर सुवेदीलाई पक्राउ गरेको प्रधानसम्पादक मात्रिका पौडेलले बताए ।
तर उनीहरू प्रहरीको भ्यानमा चढेर आएका थिए । गेटमा सुरक्षार्थ खटिएका सुरक्षा गार्डलाई उनीहरूले साथी भेट्न आएको भनेर छिरेका थिए ।
समाचार कक्षमा छिरेका उनीहरूले सुवेदीसँग समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै हिँड्न भनेका थिए । तर ती सादा पोशाकका प्रहरीले सुवेदीलाई पक्राउ पुर्जी दिएनन्। विस्तृत कमेन्टमा

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।