भोजपुर : खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–३, आहालेबाट धारिलो हतियार प्रहार गरी चारजना घाइते भएका छन् । स्थानीय ४३ वर्षीय नइन्द्र कुमार राईले आफ्नै ससुरालीमा गई धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीसहित चारजना घाइते भएका हुन् ।
धारिलो हतियार प्रहारबाट हलेसी तुवाचुङ नगरपालिका–३ बस्ने ४० वर्षीया अन्जना राईको टाउकोको पछाडिको भागमा चोट लागी अवस्था गम्भीर रहेको छ । त्यस्तै ६२ वर्षीया स्यामाउन राईको टाउको तथा दाहिने हातमा चोट लागेको र अवस्था गम्भीर रहेको छ । नरेन्द्र राईको दाहिने हातमा चोट लागेको अवस्था मध्यम रहेको र २५ वर्षीया तेनिना राईको टाउकोमा चोट लागी अवस्था गम्भीर रहेको छ ।
घाइतेहरूलाई उपचारका लागि नगर अस्पताल दुर्छिममा ल्याई उपचार भइरहेको छ । हतियार प्रहार गर्ने नइन्द्र कुमार राईलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।