Saturday, November 14, 2026

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ ओमडाँडास्थित प्याउली जाने भित्री सडकको छेउमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मृत फेला पर्नेमा अरुण गाउँपालिका–३ विजयबास निवासी अन्दाजी ५० वर्षीय राजकुमार तामाङ रहेका छन्। उनी शनिबार बिहान करिब ८ बजे सडकको छेउमा चिलाउनेका स्याउला र हाँगाले शरीरको केही भाग ढाकिएको अवस्थामा फेला परेका हुन्।

उक्त स्थानमा एक व्यक्ति मृत अवस्थामा रहेको जानकारी बिहान ८ः३० बजे टेलिफोनमार्फत प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीका अनुसार अस्थायी प्रहरी पोस्ट मर्‍याङडाँडा र प्रहरी चौकी प्याउलीबाट खटिएको टोलीले घटनास्थल सुरक्षित राखेको थियो।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काको कमाण्डमा सोको (SOCO) सहित सात जनाको टोली घटनास्थल पुगेको थियो।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको प्रहरीले जनाएको छ। मृतकको मृत्युको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

भोजपुरमा २६९ बालबालिकालाई स्वर्णबिन्दु प्राशन औषधि खुवाइयो, वर्षभरि ११ पटक सञ्चालन हुने

दिपेन्द्र लुईटेल भोजपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले एकदेखि पाँच वर्षमुनिका २६९ जना बालबालिकालाईस्वर्णबिन्दु...

समाचार कक्षमै छिरेर पत्रकार सुवेदी पक्राउ, अर्का पत्रकार बराल पनि नियन्त्रणमा

प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। शुक्रबार...

लाइसेन्स र कानुनबिनै सप्तकोसीमा मोटरबोट सञ्चालन, सुनसरी प्रशासनद्वारा रोक

मोरङ । सप्तकोसी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै...

धारिलो हतियार प्रहारबाट ४ जना घाइते ,१ जना पक्राउ

भोजपुर : खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–३, आहालेबाट धारिलो हतियार प्रहार गरी चारजना घाइते भएका छन्...

भोजपुरमा जबरजस्ती करणीको कसुरमा फरार प्रतिवादी पक्राउ

भोजपुर । जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई भोजपुर प्रहरीले...

भोजपुरमा सेउलाले छोपिएको अबस्थामा शब फेला

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ ओमडाँडास्थित प्याउली जाने भित्री सडकको छेउमा एक पुरुष मृत अवस्थामा...
लोकप्रिय