राई हाल भोजपुर नगरपालिका–११ का वडा वडा अध्यक्ष समेत हुनुहुन्छ। लामो समयदेखि नेपाली कांग्रेसको संगठनमा सक्रिय रहँदै आउनुभएका राईले यसपटक जनजाति तर्फबाट महाधिवेशन प्रतिनिधिका रूपमा उम्मेदवारी प्रस्तुत गर्नुभएको हो।
उम्मेदवारीसँगै राईले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनजाति समुदायको प्रतिनिधित्वलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ। उहाँले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आफूलाई अत्यधिक मतका साथ विजयी गराउन पार्टीका प्रतिनिधि तथा शुभेच्छुकहरूसँग आग्रहसमेत गर्नुभएको छ।
भोजपुरमा नेपाली कांग्रेसको महाधिवेशनलाई लक्षित गर्दै विभिन्न पदका आकांक्षी तथा उम्मेदवारहरूले आफ्नो पक्षमा समर्थन जुटाउने गतिविधि तीव्र बनाएका छन्। अशोक राईको उम्मेदवारीलाई पनि जिल्लाको पार्टी संगठनमा उहाँले सम्हाल्दै आएको जिम्मेवारी र सक्रियतासँग जोडेर हेरिएको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।