Saturday, November 14, 2026

भोजपुर । भारी वर्षाका कारण सम्भावित विपद्जन्य घटना रोकथाम तथा जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्लाका विभिन्न सडकमा सवारी आवागमन रोक्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय भोजपुरले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार आज  साँझ ६ बजेदेखि जिल्लाका विभिन्न सहायक राजमार्गमा सवारी आवागमन बन्द गरिने भएको हो।
मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी विशेष मौसम बुलेटिनअनुसार २१२ गतेसम्म देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान रहेको जनाइएको छ। भोजपुरमा समेत निरन्तर भारी वर्षा भइरहेकाले बाढी, पहिरोलगायत विपद्जन्य घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सवारी आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
निर्णयअनुसार भोजपुर सदरमुकामबाट उत्तरतर्फ षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला हुँदै जाने तथा सदरमुकामबाट दक्षिणतर्फ बैकुण्ठे हुँदै हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिका बालंखा जाने सहायक राजमार्गमा साँझ ६ बजेदेखि सवारी आवागमन बन्द गरिनेछ।
त्यस्तै, भोजपुर जिल्लाअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गमा समेत साँझ ७ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोक लगाउने निर्णय गरिएको छ।
तर बिरामी बोकेका एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारी साधनको हकमा भने नजिकको प्रहरी कार्यालयसँग समन्वय गरी सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
भारी वर्षाका कारण सडकमा बाढी तथा पहिरोको जोखिम बढेकाले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। साथै सम्भावित विपद्जन्य घटनाको न्यूनीकरण तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहनसमेत निर्देशन दिइएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

भोजपुरमा २६९ बालबालिकालाई स्वर्णबिन्दु प्राशन औषधि खुवाइयो, वर्षभरि ११ पटक सञ्चालन हुने

दिपेन्द्र लुईटेल भोजपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले एकदेखि पाँच वर्षमुनिका २६९ जना बालबालिकालाईस्वर्णबिन्दु...

समाचार कक्षमै छिरेर पत्रकार सुवेदी पक्राउ, अर्का पत्रकार बराल पनि नियन्त्रणमा

प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। शुक्रबार...

लाइसेन्स र कानुनबिनै सप्तकोसीमा मोटरबोट सञ्चालन, सुनसरी प्रशासनद्वारा रोक

मोरङ । सप्तकोसी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै...

धारिलो हतियार प्रहारबाट ४ जना घाइते ,१ जना पक्राउ

भोजपुर : खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–३, आहालेबाट धारिलो हतियार प्रहार गरी चारजना घाइते भएका छन्...

भोजपुरमा जबरजस्ती करणीको कसुरमा फरार प्रतिवादी पक्राउ

भोजपुर । जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई भोजपुर प्रहरीले...

भोजपुरमा सेउलाले छोपिएको अबस्थामा शब फेला

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ ओमडाँडास्थित प्याउली जाने भित्री सडकको छेउमा एक पुरुष मृत अवस्थामा...
लोकप्रिय

ताजा अपडेट