Saturday, November 14, 2026

दिपेन्द्र लुईटेल
भोजपुर, ३१ भदौ । भोजपुरको ऐतिहासिक टक्सार बजारस्थित यशोधरा माध्यमिक विद्यालयले ७५औँ वर्षगाँठका अवसरमा तीनदिने हीरक महोत्सव आयोजना गर्ने भएको छ।
विद्यालयका प्रधानाध्यापक विष्णुकुमार राईका अनुसार मंसिर १५, १६ र १७ गते विविध कार्यक्रमसहित महोत्सव सञ्चालन हुनेछ। महोत्सवमा पूर्वविद्यार्थी पुनर्मिलन, रक्तदान, वृक्षरोपण, सांस्कृतिक झाँकी, शैक्षिक प्रदर्शनी, सम्मान तथा पुरस्कार वितरणलगायत कार्यक्रम राखिएको छ।


महोत्सवका लागि विद्यालय व्यवस्थापन समिति अध्यक्ष विमल रणपहेलीको संयोजकत्वमा ५६ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। स्मारिका प्रकाशन तथा आर्थिक व्यवस्थापनका लागि छुट्टाछुट्टै उपसमिति पनि गठन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले महोत्सवका अवसरमा पूर्वविद्यार्थी, पूर्वशिक्षक तथा विद्यालयसँग सम्बन्धित व्यक्तिहरूलाई सहभागी हुन आग्रह गरेको छ। आर्थिक स्रोत जुटेमा विद्यालय परिसरमा स्मारक निर्माण गर्ने योजना समेत रहेको छ।


२००९ सालमा बालिका विद्यालयका रूपमा स्थापना भएको यशोधरा हाल बालविकासदेखि कक्षा १२ सम्म सञ्चालनमा छ। करिब ४ सय विद्यार्थी अध्ययनरत विद्यालयमा कक्षा ९ देखि १२ सम्म बाली विज्ञान विषयको प्राविधिक शिक्षा तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन भइरहेको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

भोजपुरमा २६९ बालबालिकालाई स्वर्णबिन्दु प्राशन औषधि खुवाइयो, वर्षभरि ११ पटक सञ्चालन हुने

दिपेन्द्र लुईटेल भोजपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले एकदेखि पाँच वर्षमुनिका २६९ जना बालबालिकालाईस्वर्णबिन्दु...

समाचार कक्षमै छिरेर पत्रकार सुवेदी पक्राउ, अर्का पत्रकार बराल पनि नियन्त्रणमा

प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। शुक्रबार...

लाइसेन्स र कानुनबिनै सप्तकोसीमा मोटरबोट सञ्चालन, सुनसरी प्रशासनद्वारा रोक

मोरङ । सप्तकोसी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै...

धारिलो हतियार प्रहारबाट ४ जना घाइते ,१ जना पक्राउ

भोजपुर : खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–३, आहालेबाट धारिलो हतियार प्रहार गरी चारजना घाइते भएका छन्...

भोजपुरमा जबरजस्ती करणीको कसुरमा फरार प्रतिवादी पक्राउ

भोजपुर । जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई भोजपुर प्रहरीले...

भोजपुरमा सेउलाले छोपिएको अबस्थामा शब फेला

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ ओमडाँडास्थित प्याउली जाने भित्री सडकको छेउमा एक पुरुष मृत अवस्थामा...
लोकप्रिय