आज ऋषिपञ्चमी पर्व परेको छ । यो पर्वमा महादेव मन्दिरहरुमा ब्रतालु तथा श्रद्धालुहरूको भीड लागेको छ । बिहानैदेखि महिला हरू पूजा, आराधना तथा दर्शनका लागि मन्दिरमा पुगेका छन् । ऋषिपञ्चमी हिन्दु सनातन संस्कार अनुसार महिलाहरूका लागि महत्त्व भएको पर्व मानिन्छ।
ऋषिपञ्चमीका दिन सप्तऋषिको पूजा तथा आराधना गरी व्रत बस्ने धार्मिक परम्परा छ । विशेषगरी हरितालिका तीजको व्रतपछि ऋषिपञ्चमीका दिन महिलाहरूले स्नान गरी शुद्ध भएर सप्तऋषिको पूजा गर्ने प्रचलन रहँदै आएको छ । यस दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ ऋषिको पूजा तथा स्मरण गरिन्छ । कतिपय स्थानमा ३६५ वटा दतिवनले दाँत माझ्ने, माटो तथा गोबरले स्नान गर्ने र विशेष विधिबाट सप्तऋषिको पूजा गर्ने परम्परा पनि रहेको छ ।
ऋषिपञ्चमीलाई महिलाहरूले वर्षभरि जान–अन्जानमा भएका धार्मिक तथा सामाजिक त्रुटिको प्रायश्चित गर्ने र शुद्धीकरणको पर्वकारूपमा समेत मनाउने गर्छन् ।
काेशी प्रदेश सरकारले आज महिला कर्मचारीलाई सार्वजनिक बिदा समेत दिएकाे छ

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।