Saturday, November 14, 2026

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र विभिन्न समूह र पेशागत क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी तथा प्रचार अभियान तीव्र बनेको छ। महाधिवेशनलाई लक्षित गर्दै विभिन्न क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित गर्ने गरी उम्मेदवारहरूले आफ्ना प्रतिबद्धता र एजेन्डासहित मतदातामाझ पुग्न थालेका छन् ।
यसैक्रममा गगन थापा पक्षबाट पेशागततर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि अर्जुन बस्नेतले उम्मेदवारी अघि सारेका छन् । बस्नेतले ‘व्यवसायिकता, सिप र समृद्धिका लागि हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।
पेशागत क्षेत्रबाट पार्टीको महाधिवेशनमा प्रतिनिधित्व गर्दै पेशागत समुदायका सवाललाई पार्टीको नीति, संगठन र निर्णय प्रक्रियासँग जोड्ने उद्देश्यसहित बस्नेतले उम्मेदवारी अघि बढाएका छन्। उनको प्रचार सामग्रीमा व्यवसायिकता, सीप र समृद्धिलाई प्राथमिकतामा राख्दै पेशागत क्षेत्रको आवाजलाई थप प्रभावकारी बनाउने विषयलाई जोड दिइएको छ।
लामो समयदेखि पत्रकारिता तथा सामाजिक क्षेत्रमा क्रियाशील बस्नेतले पेशागत क्षेत्रसँग सम्बन्धित सवाललाई पार्टीभित्र थप प्रभावकारी रूपमा उठाउने प्रतिबद्धतासहित प्रतिनिधिहरूसँग मत मागिरहेका छन्। संगठनलाई थप व्यवस्थित बनाउँदै पेशागत क्षेत्रको सहभागिता र भूमिकालाई बलियो बनाउने विषयलाई उनको उम्मेदवारीको मुख्य आधारका रूपमा प्रस्तुत गरिएको छ।
भोजपुरमा पनि १५ औँ महाधिवेशनको प्रक्रिया अघि बढाइरहेको अवस्थामा पेशागत क्षेत्रबाट बस्नेतको उम्मेदवारीलाई पनि सोही समूहको प्रतिनिधित्वका रूपमा हेरिएको छ ।
पेशागततर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार बनेका बस्नेतले आफ्नो प्रचार सामग्रीमार्फत अधिकतम मतसहित विजयी गराउन अपिल गरेका छन् । उम्मेदवारीसँगै उनले पेशागत क्षेत्रको प्रतिनिधित्वलाई पार्टीको मूलधारमा थप प्रभावकारी बनाउने प्रतिबद्धता अघि सारेका छन्।
अब महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढेसँगै पेशागत तर्फका प्रतिनिधिहरूको मत कुन उम्मेदवारको पक्षमा जाने भन्ने विषयले पनि राजनीतिक वृत्तमा चर्चा पाउने देखिएको छ । कांग्रेसको १५ औँ महाधिवेशनमा विभिन्न पक्ष र समूहबीच प्रतिस्पर्धा हुने भएकाले पेशागत क्षेत्रबाट आएका उम्मेदवारहरूको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

भोजपुरमा २६९ बालबालिकालाई स्वर्णबिन्दु प्राशन औषधि खुवाइयो, वर्षभरि ११ पटक सञ्चालन हुने

दिपेन्द्र लुईटेल भोजपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले एकदेखि पाँच वर्षमुनिका २६९ जना बालबालिकालाईस्वर्णबिन्दु...

समाचार कक्षमै छिरेर पत्रकार सुवेदी पक्राउ, अर्का पत्रकार बराल पनि नियन्त्रणमा

प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई पक्राउ गरेको छ। शुक्रबार...

लाइसेन्स र कानुनबिनै सप्तकोसीमा मोटरबोट सञ्चालन, सुनसरी प्रशासनद्वारा रोक

मोरङ । सप्तकोसी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै...

धारिलो हतियार प्रहारबाट ४ जना घाइते ,१ जना पक्राउ

भोजपुर : खोटाङकाे हलेसी तुवाचुङ नगरपालिका–३, आहालेबाट धारिलो हतियार प्रहार गरी चारजना घाइते भएका छन्...

भोजपुरमा जबरजस्ती करणीको कसुरमा फरार प्रतिवादी पक्राउ

भोजपुर । जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई भोजपुर प्रहरीले...

भोजपुरमा सेउलाले छोपिएको अबस्थामा शब फेला

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ ओमडाँडास्थित प्याउली जाने भित्री सडकको छेउमा एक पुरुष मृत अवस्थामा...
लोकप्रिय